अश्लील दृश्य र भाषाका कारण करिना र सोनम अभिनित ‘वीरे दी वेडिङ’ प्रदर्शनमा रोक
काठमाडौं, १८ जेठ । करिना र सोनम अभिनित ‘वीरे दी वेडिङ’ प्रदर्शनमा आउनुअघि नै विवादमा तानिएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मलाई पाकिस्तानमा रोक लगाइएको छ ।प्रदर्शनअगावै रोक लगाइएपछि वीरे दी वेडिङ थप चर्चामा आएको छ । भारतीय मिडियाले भने फिल्मको व्यापारमा यसले असर पार्ने उल्लेख गरेका छन् ।

पाकिस्तानी मिडियाका अनुसार पाकिस्तानको सेन्टर बोर्ड अफ फिल्म सेन्सरले फिल्ममा प्रयोग भएका अश्लील दृश्य र आपत्तिजनक भाषाका कारण फिल्मलाई रोक लगाएको हो ।

ट्रेलरमा जे देखिएको छ, फिल्म हेरेपछि दर्शकको फिल्मप्रतिको नकरात्मक सोच हराएर जाने फिल्म प्रमोसनका क्रममा करिनाले बताएकी छिन् ।

त्यस्तै, अर्की अभिनेत्री सोनम कपुरले रुढीवादी सोचलाई बदल्नका लागि आफूले यो फिल्म खेलेको स्पष्ट पारेकी छिन् । फिल्ममा करिना कपुर खान, सोनम कपुर, शिखा ताल्सानिया र स्वरा भास्करले अभिनय गरेका छन् ।

