‘दुर्घटनामा फसेकाको उद्दारको साटो मोबाइलमा भिडियो खिच्न थाले’
एजेन्सी । मंगलबार भारतको उत्तर प्रदेशमा निर्माणधिन फ्लाई ओभर भत्कदा १८ जनाको मृत्यु गयो । तर स्थानीयबासिन्दाले मृत्यु हुनेको शंका १८ भन्दा धेरै रहेको हुन सक्ने बताएका छन् ।
घटनाका प्रत्यक्षदर्शी सलिम नाम गरेका व्यक्तिका अनुसार जब दुर्घटना भएको थियो उनी भागेर त्यहाँ पुगेका थिए । जब फ्लाई ओभरको बिम खस्यो तब केही गाडीहरु पुरिन थाल्यो । तर त्यहाँ रहेका मानिसहरु फेसकाहरुलाई बचाउन भन्दा पनि मोबाइलमा भिडियो खिच्न थालेका थिए ।

यो घटनामा फसेकी एक महिलालाई उद्दार गर्न जाँदा उनले आफ्नो बच्चाको उद्दार गर्न भनेकी थिईन । तर घटनामा दुवै जनाको ज्यान गयो, उनले भनेका छन् । उनले यो घटनामा ४० देखि ५० जना पुरिएका र त्यसमध्ये चार पाँच जनामात्रै बाँचेकाले घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।
उत्तर प्रदेशको वाराणसी केंटमा सन् २०१५ अक्टुबरदेखि फ्लाई ओभर बनाउने काम सुरु भएको थियो ।

तर व्यवस्थित नहुँदा त्यहाँ हेरक दिन लामो जाम हुने गरेको थियो । केही प्रत्यक्षदर्शीका अनुसार स्थानीय प्रशासन उद्दारका लागि पुग्नु भन्दा अगावै त्यहाँ स्थानीयबासिन्दाले उद्दार थालेका थिए ।
उनीहरुले उद्दारकार्यमा प्रशासनले लापरबाही गरेको पनि आरोप लगाएका छन् । उनीहरुले यो दुर्घटना पछि पनि त्यहाँ सुरक्षाका लागि कुनै उपाय नअपनाइएको गुनासो गरेका छन् ।

निर्माणाधिन यो फ्लाई ओभरको काम ३० महिनामा पूरा गर्नु पर्ने थियो ।
