यस कारण झुट बोल्छन्, बलिउड स्टार टाइगर श्राफ

Share it with you friends

एजेन्सी । पत्रकारको दिक्क लाग्दो प्रश्नले गर्दा बेला बेलामा झुट बोल्नु परेको वलिउड स्टार टाइगर श्राफले बताएका छन् ।

उनले एकै खाले प्रश्नको बारम्बार जवाफ दिइरहनु परेको बताएका हुन् । “एकै खालका प्रश्न घुमाईफिराई बारम्बार सोधिन्छ,त्यसैले मलाई बोरिङ हुन्छ”, उनले भनेका छन् ।

टाइगर श्रापले चार फिल्म गरिसकेका छन् तर उनको लोकप्रियता भने कुनै सुपरस्टार भन्दा कम छैन । उनले यो पनि भनेका छन् की थाकेको बेला एउटै खाले प्रश्न सोध्दा बोर लाग्दा लाग्दै पनि हाँसेर जवाफ दिनुपर्छ ।

टाइगर श्राफको ‘बागी २’ यहि हप्ता रिलिज हुँदैछ । यसमा उनीसँगै उनकी रियल गलफ्रेण्ड दिशा पटानी रिल लाइफमा पनि त्यहीँ भूमिकामा छिन् । तर उनको लोकप्रियताका कारण दिशाले असुरक्षित महशुस गर्ने गरेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यहि कारण उनको र दिशाको सम्बन्धमा मनमुटाव आउन थालेको छ खबरमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *